विश्वका ५१ मुलुकका प्रतिनिधि काठमाडौंमा, पाकिस्तानको पञ्जाब प्रहरीका महानिरीक्षक पनि भेलामा
रक्षा मन्त्रालयको आयोजना र नेपाली सेनाको समन्वयमा आजदेखि अन्तर्राष्ट्रिय संगोष्ठी प्रारम्भ भएको छ । कार्यक्रममा ५१ मुलुकका प्रतिनिधिको सहभागिता रहेको बताइएको छ ।
आगामी शुक्रबारसम्म आयोजना हुने शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्य अन्तर्राष्ट्रिय संगोष्ठीमा सरकारी अधिकारीहरुको बाक्लो सहभागिता छ । रक्षा, गृह, परराष्ट्र, सञ्चार तथा सूचना प्रविधि र अर्थ मन्त्रालयका अधिकारीहरुसँगै विदेशी पाहुना गरी साढे दुई सय जनाको कार्यक्रममा सहभागिता छ ।
सोही कार्यक्रममा संयुक्त राष्ट्र संघका सहायक महासचिवद्वय पनि उपस्थित छन् । राष्ट्र संघको शान्ति विभागका प्रहरी सल्लाहकार फैसाल साहकार पनि आजै बिहान दोहा हुँदै काठमाडौं आइपुगेर कार्यक्रममा सहभागी भएको बताइएको छ । साह पाकिस्तानको पञ्जाब प्रान्तीय प्रहरीका महानिरीक्षक पनि हुन् ।
टिप्पणीहरू