दाहाल वंशका कुलशिरोमणिको शालिक अनावरणपछि प्रधानमन्त्री ग्यास उत्खनन् क्षेत्रमा

दाहाल वंशका कुलशिरोमणिको शालिक अनावरणपछि प्रधानमन्त्री ग्यास उत्खनन् क्षेत्रमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दैलेखको शीरस्थानमा अवस्थित प्राकृतिक ग्यास उत्खनन् क्षेत्रको अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।

सरकारले ग्यास उत्खनन्को काम सुरु गरिसकेको सो क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री आज त्यहाँ पुग्नुभएको हो । त्यसअघि उहाँ दुल्लुमा दाहाल, लम्साल, राणा र कुँवर वंशका कुलशिरोमणि दाशुको शालिक अनावरण तथा गुरुयोजना सार्वजनिक कार्यक्रममा सहभागी हुनुभएको थियो ।

प्रधानमन्त्री प्रचण्ड नेपाल संस्कृत विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहलाई सम्बोधन गरेर सुर्खेतबाट आजै दैलेख जानुभएको हो । माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका उहाँ दिउँसो दाङमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी हुनुभएको थियो ।

टिप्पणीहरू