सारस अर्थात् प्राकृतिक शिकारीको दिनचर्या

सारस अर्थात् प्राकृतिक शिकारीको दिनचर्या

ठूलो सारसलाई चीनमा प्राकृतिक शिकारी पनि भनिन्छ । यसले प्राकृतिक रुपमा खेतबारीमा देखिने सानादेखि ठूला जीव, किरा, फट्याङ्ग्राको शिकार गर्ने भएकाले प्राकृतिक शिकारी भनिएको हो ।

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार सारसले सर्प, मुसा, माछा, गड्यौंला, शंखेकीराको शिकार गर्ने गर्छ । विशेषगरी किसानले अन्न रोप्नुअघि खनजोत गरेर ठिक्क पारेको खेत वा बारी वरपर बसेर सारसले शिकार गर्ने गरेको पाइन्छ । 

चीनको दक्षिणपश्चिममा रहेको युनान प्रान्तमा शिकारी सारसलाई निकै महत्व दिने गरिएको छ । कतिपय खराब जीवलाई खाइदिने भएकाले यसलाई किसानको सहयोगी पनि भनिन्छ । 

भिडियो स्रोत : सिन्ह्वा ।

टिप्पणीहरू