प्रधानन्यायाधीशमा कार्की अनुमोदित
संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीमा प्रस्तावित हरिकृष्ण कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।
आज बसेको समिति बैठकले उहाँको नाम प्रधानन्यायाधीशका लागि अनुमोदन गरेको हो । योसँगै कामु प्रधानन्यायाधीश कार्कीलाई अब प्रधानन्यायाधीश हुने बाटो खुलेको छ ।
गत वैशाख २५ गते संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गरेको थियो । अब उहाँलाई राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्नुहुनेछ ।
हिजो समिति बैठकमा आफ्नो कार्ययोजना पेस गरेका कार्कीलाई शुक्रबार उहाँविरुद्ध परेको उजुरीबारे सांसदले प्रश्न गरेका थिए । आफूमाथि लगाइएको आरोप प्रमाणित भए तत्कालै राजीनामा दिने उहाँले बताउनुभएको थियो ।
टिप्पणीहरू