भाडा छुट नगरेको भन्दै एमाले कार्यकर्ताले गाडी समाए

भाडा छुट नगरेको भन्दै एमाले कार्यकर्ताले गाडी समाए

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले विद्यार्थीलाई सहुलियत नदिने सार्वजनिक यातायातलाई नियन्त्रणमा लिएर ट्राफिक प्रहरीको जिम्मा लगाएको छ । 

काभ्रे हुँदै विभिन्न स्थान जाने सुनकोशी यातायातको बसलाई नियन्त्रणमा लिएर एमाले विद्यार्थीहरुले ट्राफिक प्रहरी कार्यालय, बनेपाको जिम्मा लगाएका हुन् । 

काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ७, चारदोबाटो क्षेत्रमा चल्ने सार्वजनिक यातायातले विद्यार्थीलाई छुट नदिएको भन्दै अनेरास्ववियुले आज बिहान अनुगमन गरेको थियो । जिल्ला अध्यक्ष मिलनकुमार गौतमको नेतृत्वमा भएको अनुगमनमा पाँच जना सहभागी थिए ।

टिप्पणीहरू