एमाले मुख्यालयमा वामदेवको वार्ता, ६० लाख मतको वाचा

एमाले मुख्यालयमा वामदेवको वार्ता, ६० लाख मतको वाचा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकता अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ । 

ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा उहाँहरुले आज दिउँसो भेट गर्नुभएको हो । तत्कालीन नेकपा र एमाले विभाजनपछि कतै नलागी तटस्थ रहनुभएका गौतम पछिल्लो समय एमालेमै फर्किन लागेको चर्चा छ । 

एमालेले ७० वर्षे उमेर हद हटाएपछि गौतमलाई पुरानै घर फर्किन बाटो खुला भएको भनिएका बेला पछिल्लो भेटलाई चासोका साथ हेरिएको छ । केही दिनअघि उहाँले पनि आफ्नो पार्टी सदस्यता एमालेमै रहेको प्रतिक्रियासमेत दिनुभएको थियो ।

आजको भेटपछि गौतमले आगामी निर्वाचनमा एमालेको लोकप्रिय मत संख्या ६० लाख पुर्याउन आफू लागिपर्ने वचन दिनुभएको छ ।

दोश्रो वरीयताको शर्त 

नेता गौतमले एमालेमा फर्किन दोस्रो वरीयता चाहिने शर्त राख्नुभएको बताइएको छ । भेटका क्रममा गौतमले आफूलाई दोस्रो वरीयताको भूमिका दिएमा पार्टी एकताका लागि काम गर्ने शर्त राखेको र अध्यक्ष ओलीले सकारात्मक जवाफ दिएको बुझिएको छ । 

एमालेमा अहिले अध्यक्ष ओलीपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दोस्रो वरीयतामा हुनुहुन्छ ।

 

टिप्पणीहरू