फेसबुकमार्फत चौधरीको सम्पत्ति शुद्धिकरण गर्न माग
नेपाली काँग्रेसका सांसद तथा मारवाडी व्यवसायी विनोद चौधरीको सम्पत्ति शुद्धिकरण गर्नुपर्ने माग सामाजिक सञ्जालमार्फत उठाइएको छ । चौधरीका कर्मचारी तथा पूर्वपत्रकार मधु पौडेलले सामाजिक सञ्जालमा लेखेको स्टाटसमाथि अर्का एक जनाले कमेन्ट गर्दै उक्त धारणा राखेका हुन् ।
भारतीय फिल्ममा नेपाली इतिहासलाई तोडमरोड गरेवापत काठमाडौंका मेयरले त्यस्ता चलचित्र सम्पादनपश्चात् मात्र प्रदर्शन गर्न पाइने अडान लिएपछि पौडेलले उनको समर्थनमा स्टाटस लेखेका थिए । भारतीय चलचित्र "आदिपुरुष" सम्बन्धमा सुपर क्यासेट्स इण्डष्ट्रिज प्रालिले साहलाई लेखेको पत्रसहित पौडेल उल्लेख गर्छन्, ‘काठमाडौंका मेयरले केही गर्छन् जस्तो छ !’
तर, उनै पौडेलको स्टाटसपछि बाबुराम आचार्यले लगत्तै गरेको कमेन्टमा चौधरीको सम्पत्ति छानबिन गर्नुपर्ने कुरो उठाएका हुन् । आचार्यले रोमनमा लेखेका छन्, ‘विनोद चौधरीलगायतको सम्पत्ति शुद्धिकरण गर्न बालेन चाहिन्छ जस्तो छ सर ।’
टिप्पणीहरू