देशको नेतृत्व अब समाजवादी मोर्चाले गर्छ : विप्लव
नेपाल कम्युनिष्ट पार्टीका महाचिव नेक्रविक्रम चन्द विप्लवले आज घोषणा भएको समाजवादी मोर्चाले मुलुकको नेतृत्व गर्ने बताउनुभएको छ ।
राष्ट्रिय सभागृहमा भएको मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै उहाँले समाजवादी मोर्चाको जन्म दलाल पुँजीवाद रोक्दै देशको नेतृत्व गर्न भएको दाबी गर्नुभयो । विस्तारवाद र सामान्तवाद दुवैको अन्त्यका लागि समाजवादी मोर्चाले काम गर्ने विप्लवको भनाई छ ।
अहिले देशमा थुप्रै खालका समस्या देखिएको भन्दै उहाँले त्यसबाट निराश जनतालाई आशावादी बनाउन पनि समाजवादी मोर्चा गठन भएको बताउनुभयो । नागरिकमा निराशा र आशाको दोधार देखिएको अवस्थामा समाजवादी मोर्चा नेपालको इतिहासमा एक नयाँ मोड भएको विप्लवको दाबी छ ।
यतिबेला परिवर्तनका उपलब्धिहरुको रक्षा गर्नु आवश्यक भएकाले मोर्चा निर्माण गरिएको र यसले काम गर्नेमा विश्वास राख्न विप्लवले अपिलसमेत गर्नुभयो ।
टिप्पणीहरू