बालुवाटारमा बाबुरामका खास नेताहरुलाई फकाईंदै
प्रधानमन्त्रीको सरकारी निवासमा बिहानदेखि विशेष राजनीतिक भेटघाट भइरहेको छ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई फकाउँदै हिजो घोषणा गरिएको समाजवादी मोर्चामा सामेल गराउने विषयमा अहिलेको छलफल केन्द्रित रहेको बताइएको छ ।
बिहान पौने ८ बजेदेखि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना पार्टी महासचिव देव गुरुङ,ऊर्जामन्त्री शक्ति बस्नेतका सामु डा.बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीमा आवध्द खानेपानीमन्त्री महेन्द्र राय यादव र बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगासँग सामुहिक कुराकानी गरिरहनुभएको छ ।
टिप्पणीहरू