रवि लामिछानेको आज पूजापाठ, भोलि जलपान

रवि लामिछानेको आज पूजापाठ, भोलि जलपान

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले भोलिदेखि केन्द्रीय कार्यालय स्थानान्तरण गर्न लागेको छ । बसुन्धारामा रहेको पार्टी भवन साँघुरो भएको जनाउँदै भोलिदेखि बालाजु बनस्थलीको छ तले भवनमा पार्टी अफिस सार्न लागिएको बताइएको छ ।

भोलि पार्टी स्थापनाको पहिलो वार्षिकोत्सवको अवसरमा भवन स्थानान्तरण गर्न लागिएको हो । सोही अवसरमा भोलि दिउँसो १ बजेदेखि ५ बजेसम्म चियापान कार्यक्रम राखिएको छ । 

नयाँ भवनको आँगनमा लामिछानेले आज पूजापाठ गरेका छन् । पूजामा पार्टीका अन्य नेताहरुसमेत सहभागी भएका हुन् । नयाँ भवन पार्टी नेता डा. भरत देवकोटाको भएको बुझिएको छ ।

टिप्पणीहरू