मीटरब्याज पीडितपछि माइतीघरमा साहुहरुको आन्दोलन
मीटरब्याज पीडितहरुले महिनौँसम्म बिरोध प्रदर्शन गरेको काठमाडौँको माइतीघर मण्डलामा आजदेखि मीटरब्याजी (साहु)हरुको आन्दोलन शुरु भएको छ ।
'लेनदेन संघर्ष समिति'का नाममा उनीहरुले मीटरब्याज चलाउन पाउनुपर्ने माग गर्दै अहिले मण्डलामा धर्ना दिइरहेका छन् । तराईका विभिन्न जिल्लाबाट आएका साहुहरु 'लेनदेन कारोबार सहज गर' भन्दै धर्नामा बसेका हुन् ।
त्यसक्रममा उनीहरुले ‘लेनदेन कारोबार सहज गर', 'प्रहरी दमन बन्द गर', '२०८० को अध्यादेश खारेज गर', 'सामाजिक सद्भाव कायम राख’ जस्ता नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरेका छन् ।
यसअघि मीटरब्याजी पीडितहरुले संघर्ष समिति नै बनाएर काठमाडौं केन्द्रीत आन्दोलन गरेका थिए । उनीहरुको माग सम्बोधन गर्न सरकारले गठन गरेको समितिले मीटरब्याजीविरुद्ध उजुरी आह्वान गरी छानबिन गरिरहेका बेला साहुहरु पनि काठमाडौं आएर प्रदर्शन गर्न थालेका हुन् ।





टिप्पणीहरू