चियापानअघि राष्ट्रिय स्वतन्त्र पार्टी बैठकमा व्यस्त

चियापानअघि राष्ट्रिय स्वतन्त्र पार्टी बैठकमा व्यस्त

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बसेको छ । आज बिहान १० बजेदेखि पार्टीको नयाँ केन्द्रीय कार्यालय, बालाजु बनस्थलीमा बैठक बसेको बताइएको छ ।

पार्टी स्थापना दिवसको उपलक्ष्यमा बैठक राखिएको हो । संयुक्त बैठकपछि पत्रकार सम्मेलन कार्यक्रम राखिएको छ । बिहान १० बजे बैठक र ११ बजे पत्रकार सम्मेलन भनेपनि तोकिएको समयभन्दा ढिलो कार्यक्रम भएको जानकारी दिइएको छ ।

आजै नयाँ भवनमा दिउँसो १ बजेदेखि ५ बजेसम्म चियापान कार्यक्रम राखिएको छ ।
 

टिप्पणीहरू