बालुवाटारमा भारतीय पूर्वमुख्यमन्त्री प्रकट

बालुवाटारमा भारतीय पूर्वमुख्यमन्त्री प्रकट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय जनता पार्टीका नेता तथा उत्तराखण्ड राज्यका पूर्वमुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतले भेट गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर रावतले आज बिहान भेटवार्ता गरेका हुन् ।

भेटमा पूर्वमुख्यमन्त्रीसँगै आठ जना रहेको बुझिएको छ । रावतसँगै हिजो १४ जनाको टोली काठमाडौं आएको थियो । नयाँ दिल्लीबाट आएको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा काँग्रेस नेता तथा सांसद दिपक गिरीले स्वागत गरेका थिए । 

भारतीय पाहुनाहरु ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा बसेका छन् ।
 

टिप्पणीहरू