दिल्लीका युवायुवतीले जब रेलमै मन थाम्न सकेनन्
भारतको राजधानी नयाँ दिल्लीको मेट्रोमा आलिंगनमा बेरिएर म्वाइ खाँदै गरेको जोडीको फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । उनीहरुले गत शनिवार एल्लो लाइनको सिटमा उक्त राशलीला मच्चाएको रेल्वे कर्मचारीहरुको भनाई छ ।
मेट्रो नयाँ दिल्लीबाट गुडगाउँको हुडा सेन्टरतर्फ जाँदै थियो । उक्त घटनाको फोटो बाहिरिएपछि दिल्ली मेट्रो रेल कर्पोरेशनले त्यसबाट अन्य यात्रुमा पर्न गएको असुविधाप्रति क्षमा माग्दै भनेको छ, ‘तर, रेलभित्रै किस गरेको जोडी धुइपत्ताल खोज्दा फेला परेन ।’
टिप्पणीहरू