देउवा ११ दिनपछि स्वदेश फर्कनुभयो

देउवा ११ दिनपछि स्वदेश फर्कनुभयो

नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्कनुभएको छ । उहाँ हिजोराति काठमाडौं आइपुग्नुभएको बताइएको छ ।

देउवा सिंगापुरमा उपचार गराएर राति पौने १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नुभएको हो । उहाँसँगै सिंगापुर एअरलाइन्सको उडान नम्बर एसक्यु ४४२ मा श्रीमती तथा काँग्रेस नेतृ आरजू र छोरा जयवीर पनि स्वदेश फर्केका हुन् ।

देउवालाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का पुग्नुभएको थियो । उहाँ 
मेडिकल फलोअपको निम्ति भन्दै जेठ ३० गते सिंगापुर जानुभएको थियो ।
 

टिप्पणीहरू