जनता समाजवादी विधान अधिवेशनमा जुट्यो

जनता समाजवादी विधान अधिवेशनमा जुट्यो

जनता समाजवादी पार्टी (जसपा) नेपालले आजदेखि विधान अधिवेशन गर्दैछ । राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा अधिवेशन दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम छ । 

आज विधान मस्यौदा प्रस्तुत हुने र १० वटा समूहमा छलफल हुने बताइएको छ । अधिवेशनमा सात सय ६१ जना प्रतिनिधि सहभागी हुँदैछन् । 

जसपाले यसअघि गत चैत अन्तिम साता विधान अधिवेशनको मिति तय गरेको थियो । तर,वैशाखमा हुने उपनिर्वाचनलगायत कारण देखाउँदै स्थगित गरिएको विधान अधिवेशन आज हुन लागेको हो ।
 

टिप्पणीहरू