ललितपुरमा हरियाली बढाइने, सम्पदा र विपद् व्यवस्थापनमा विशेष जोड
ललितपुर महानगरले पनि आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८०–८१ का लागि ६ अर्ब ५० करोड रुपैयाँको बजेट आज सार्वजनिक गरिएको छ ।
आज बोलाइएको नगरसभा बैठकमा नगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट प्रस्तुत गरेकी हुन् । त्यसमध्ये चालु खर्चको निम्ति दुई अर्ब ४९ करोड ८४ लाख ४२ हजार छुट्याइएको छ । पुँजीगततर्फ चार अर्ब २१ लाख ४६ हजार विनियोजन गरिएको बताइएको छ ।
महानगरले विशेषगरी सडक पूर्वाधार, सम्पदा र विपद् व्यवस्थापनलाई प्राथमिकता दिएको देखिन्छ । यसैगरी ललितपुर महानगरमा हरियालीपार्क निर्माण गर्ने बजेटमा उल्लेख छ ।
टिप्पणीहरू