इटाली जाने तयारीमा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी अगस्ट महिनाको पहिलो साता इटाली जाने तयारीमा हुनुहुन्छ । उहाँ अगस्टको प्रारम्भमा इटालीको राजधानी रोम जान लाग्नुभएको बताइएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको कार्यक्रममा सहभागी हुन रोम जाने तयारी गरिएको हो ।
नेपाल सन् १९५१ देखि राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) मा आवद्ध भएको थियो । नेपाल राष्ट्रसंघीय संघ संगठनमध्ये सबैभन्दा पहिले यो संस्थाको सदस्य बनेको थियो ।
टिप्पणीहरू