रक्सीको मातमा जिउँदो सर्पको माला लगाउने ठहरै

रक्सीको मातमा जिउँदो सर्पको माला लगाउने ठहरै

झापामा विषालु सर्पले डसेका कारण एक युवकको ज्यान गएको छ । हल्दिबारी गाउँपालिका–२, पाराखोपी निवासी ३२ वर्षीय शम्भु राजवंशीको सर्पले डसेपछि ज्यान गएको हो ।

मदिराले लट्ठ भएर सुतेका राजवंशी मध्यरातमा घरको ढोकामा विषालु सर्प देखेपछि सर्पलाई समातेर घाँटीमा बेर्न खोज्दा सर्पले उनको दुवै हातमा डसेको बताइन्छ ।

प्रहरीका अनुसार सर्पले डसेपछि गम्भीर अवस्थामा पुगेका उनलाई उपचारार्थ चारआली लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । शव प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू