पर्सि देशैभर सार्वजनिक बिदा

पर्सि देशैभर सार्वजनिक बिदा

मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा पर्सि सार्वजनिक बिदा दिइएको छ । गृह मन्त्रालयले आज सूचना जारी गर्दै गत चैत २ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार बिदा दिएको जनाएको छ । 

‘नेपाल राजपत्रमा मिति २०७९–१२–२ गतेका दिन प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) वि.सं २०८० साल असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, जारी सूचनामा उल्लेख छ ।

टिप्पणीहरू