अलिबाबाका अध्यक्ष काठमाडौँमा
चिनियाँ कम्पनी अलिबाबा ग्रुपका संस्थापक तथा कार्यकारी अध्यक्ष ज्याक मा काठमाण्डौं आइपुगेका छन् ।
आज दिउँसो २ बजे चार्टर विमानमा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । विश्वको ठूलोमध्येको एक इ–कमर्स कम्पनी अलिबाबाका संस्थापक ज्याक विश्वकै धनाढ्यमध्येका एक हुन् ।
उनको नेपाल आगमन र यहाँ रहँदा हुने भेटघाटबारे केही बताइएको छैन । मा विमान चार्टर गरेर बंगलादेशबाट आएका हुन् ।
स्रोतका अनुसार उनी पर्यटक भिसामा नेपाल आएका हुन् ।
टिप्पणीहरू