कर्णालीमा बिहीबारदेखि लगातार तीन दिन बिदा

कर्णालीमा बिहीबारदेखि लगातार तीन दिन बिदा

कर्णाली प्रदेश सरकारले असार १५ गते सार्वजनिक बिदा दिने भएको छ । राष्ट्रिय धान दिवसको अवसरमा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक बिदा दिन लागेको बताइएको छ । 

मन्त्रालयले आज जारी गरेको सूचनामा जुम्लाबाहेक अन्य नौ वटा जिल्लामा बिदा दिइएको जनाएको छ । सो दिन सरकारी तथा सार्वजनिक संघसंस्थाहरु बन्द रहने सूचनामा उल्लेख छ ।

‘असार १५ गते शुक्रबार राष्ट्रिय धान दिवसको अवसरमा कर्णाली प्रदेशस्थित जुम्लाबाहेकका अन्य नौ वटा जिल्लाका सरकारी तथा सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिने कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद्) बाट मिति २०७९–१२–२९ मा निर्णय भएको हुँदा’ उल्लेख गर्दै उक्त सूचना जारी गरिएको छ ।

खेतमा रोपाई गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिन पनि भनिन्छ ।

अघिल्लो दिन १४ गते मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इद् (इद उल अजहा) को अवसरमा सरकारले मुलुकभर सार्वजनिक बिदा घोषणा गरेको छ । 

आगामी १६ गते शनिबार परेकाले कर्णाली प्रदेशमा लगातार तीन दिन बिदा परेको हो ।

टिप्पणीहरू