राष्ट्रिय अनुसन्धान विभागमा बढुवा, दूरसञ्चार प्राधिकरणमा नियुक्ति

राष्ट्रिय अनुसन्धान विभागमा बढुवा, दूरसञ्चार प्राधिकरणमा नियुक्ति

राष्ट्रिय अनुसन्धान विभागका दुई सहअनुसन्धान निर्देशक निर्देशकमा बढुवा भएका छन् । 

आज बसेको क्याबिनेट बैठकले सहअनुसन्धान निर्देशकद्वय इन्द्रसिंह लामा र माधव तिमिल्सिनालाई निर्देशकमा पदोन्नति गरेको छ । लामा र तिमिल्सिनालाई क्रमशः सुदूरपश्चिम र कर्णाली प्रदेशमा पदस्थापन गर्ने क्याबिनेटको निर्णय छ ।

त्यसैगरी आजको बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्यमा नवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

सरकारले देशका विभिन्न सात स्थानलाई औद्योगिकग्राम घोषणा गरेको छ । जसमा कालिकोटको रास्कोट नगरपालिका–६, नरहरिनाथ गाउँपालिका–२, बाँकेको राप्तीसोनारी गाउँपालिका–४, पाल्पाको रम्भा गाउँपालिका–३, अर्घाखाँचीको शीतगंगा गाउँपालिका–१३, पर्साको जगरनाथपुर गाउँपालिका–५ र बाराको महागढीमाई नगरपालिका–५ का क्षेत्र छन् ।
 

टिप्पणीहरू