एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्ने

एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्ने

सत्तारुढ दल एकीकृत समाजवादी अन्तत: बजेटको पक्षमा उभिएको छ । सो पार्टीको आज बसेको सो संसदीय दलको बैठकले बजेटको पक्षमा मत दिने निर्णय गरेको हो । 

बजेटको पक्षमा मतदान गर्न सांसदहरुलाई ह्विप लगाउने बैठकले निर्णय गरेको सांसद तथा सो पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

सत्तापक्षमा भएर पनि बजेट असन्तुलित भएको भन्दै समाजवादीका सांसदहरुले सार्वजनिकरुपमै बजेटमा असन्तुष्टी जनाउँदै आएका थिए । यथास्थितिमा बजेट पारित गर्न नदिने समेत उनीहरुको चेतावनी रहँदै आएको थियो ।

तर, आज बिहान बसेको दलको बैठकले बजेट पारित गर्न पक्षमा मतदान गर्ने निर्णय गरेको हो । 

गत १५ जेठमा प्रतिनिधिसभामा प्रस्तुत भएको बजेट आज पारित गर्ने कार्यसूची रहेको छ ।

टिप्पणीहरू