विप्लव वीउ काढ्दै, भोलि रोपाईं

विप्लव वीउ काढ्दै, भोलि रोपाईं

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव रोपाईंको चटारोमा जुटेका छन् । असार १५ अर्थात् धान दिवसका दिन भोलि रोपाइँ गर्ने तयारीमा रहेका उनी वीउ काढ्न व्यस्त भएका हुन् ।

पार्टीका तर्फबाट सामूहिक खेति गर्दै आएको नेकपाले विप्लवको गृहक्षेत्र कपिलवस्तुको शिवगढीमा रोपाईं गर्न लागेको हो । धान दिवसको दिन कोठाभित्र कार्यक्रम गरेर नितान्त औपचारिकतामा सीमित हुँदै गएको अवस्थामा विप्लव भने वास्तविक किसानसँगै खेतमा व्यस्त देखिएका छन् ।  

सामाजिक सञ्जालमा विप्लवले वीउ काढिरहेको भिडियो हालेका छन् । उक्त भिडियोमा उनीसहित किसानहरुले वीउ काढिरहेको देखिन्छ । 

पछिल्ला वर्षमा धान दिवस औपचारिकतामा मात्र सीमित भएको छैन, विकृतिसमेत बढेको छ । मन्त्री, राजनीतिक दलका नेतालगायतले गमलामा धान रोप्ने, सुटबुटका साथ खेतमा जाने, हिलो छल्न कार्यकर्ताले बोकेर खेतसम्म पुर्याइदिने गरेका थुप्रै उदाहरण विगतमा देखिएको छ । त्यस्तै, रोपाईंका नाममा युवा–युवतीले हिलो खेलेर संवेदनशील अंग प्रदर्शन गर्ने, संवेदनशील अंगमा धानको वीउ राखेर फोटो खिच्ने गरेको पनि पाइएको छ ।

टिप्पणीहरू