कर्णालीका पत्रकारसँग पुरस्कारका लागि आवेदन माग
कर्णाली प्रदेश सरकारले पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । आज सूचना प्रकाशित गर्दै आन्तरिक मामिला तथा कानून मन्त्रालयले पत्रकारिता पुरस्कारका लागि दरखास्त आह्वान गरेको हो ।
मन्त्रालयले प्रदेश पत्रकारिता पुरस्कार वितरण कार्यविधि, २०८० बमोजिम पुरस्कार प्रदान गर्ने जनाएको छ । साथै, इच्छुक पत्रकारले कार्यविधिको दफा ३ बमोजिम विद्युतीय प्रणालीमार्फत सात दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
सूचनामा भनिएको छ,‘कर्णाली प्रदेश पत्रकारिता पुरस्कार वितरण कार्यविधि, २०८० बमोजिम पुरस्कार प्राप्त गर्न इच्छुक पत्रकारले कार्यविधिको दफा ३ बमोजिम विद्युतीय प्रणालीमार्फत सात दिनभित्र निवेदन दिनुहुन र सोसम्बन्धी विस्तृत जानकारीका लागि मन्त्रालयको वेबसाइटमा राखिएको कार्यविधि अध्ययन गर्नहुन यो सूचना प्रकाशन गरिएको छ ।’
टिप्पणीहरू