बालुवाटार जग्गा काण्डमा अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध वारेन्ट जारी
बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
काठमाडौं जिल्ला अदालतले बस्न्यातलाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) लाई अनुमति दिएको हो । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लैजान भूमिसुधार मन्त्रालयको सचिव हुँदा भू–माफियासँग मिलेर बस्न्यातले सरकारी लिखत किर्ते गरेको आरोप छ ।
सोही आरोपमा यसअघि अख्तियारले बस्न्यातविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । तर, सर्वोच्च अदालतको आदेशले उनी २४ वैशाख २०७८ मा पाँच लाख धरौटीमा रिहा भएका थिए ।
सोही प्रकरणमा केही दिनअघि पक्राउ परेका भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीर शाहसहित चारजनामाथि सिआईबीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ ।
टिप्पणीहरू