करेन्ट लागेकी देवी उपचारको क्रममा बितिन्
करेन्ट लागेर घाइते भएकी सिन्धुलीकी एक युवतीको उपचारको क्रममा मृत्यु भएको छ ।
कमलामाई नगरपालिका–६, धुराफाँटकी २० वर्षीया देवीकुमारी योञ्जनको उपचारको क्रममा आज मृत्यु भएको हो ।
योञ्जनलाई पानी तान्ने पम्प चलाउने क्रममा करेन्ट लागेको थियो । घाइते देवीकुमारीलाई सिन्धुली अस्पतालमा सामान्य उपचारपछि मनाङ एयरको हेलिकप्टरमा काठमाडौंको ह्याम्स अस्पताल ल्याइएको थियो ।
तर, उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
टिप्पणीहरू