पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामाको घर छेउबाट विस्फोटक पदार्थ बरामद

पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामाको घर छेउबाट विस्फोटक पदार्थ बरामद

पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामको निवास नजिकै विष्फोट पदार्थ राखेको आशंकामा एक व्यक्ति पक्राउ परेका छन् । सियाटलका ३७ वर्षीय टेलर टारान्टो भनेर चिनिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । 

बिहीबार वाशिंगटन डीसीस्थित ओबामाको घर नजिकै पक्राउ परेका ति व्यक्तिलाई हालै सार्वजनिक गरिएको जनाइएको छ । सीबीएस न्यूजले रिपोर्ट गरेको छ, 'गोप्य सेवा एजेन्टहरूले टारान्टोलाई ओबामाको घर नजिकै देखे र उनलाई पछ्याउन थाले । टारान्टोले ओबामाको निवासतर्फ भाग्ने प्रयास गरे तर त्यहाँ पुग्नुअघि नै उनलाई पक्राउ गरियो ।'

गिरफ्तारीको क्रममा अधिकारीहरूले टारान्टोको भ्यान नजिकै पार्क गरिएको भेट्टाए, जसमा धेरै हतियार र सामग्रीहरू थिए । उक्त पदार्थ मोलोटोभ ककटेल जस्तै विस्फोटक उपकरण बनाउन प्रयोग गर्न सकिने हतियार भएको जनाइएको छ । यद्यपि, सीबीएस न्यूजले रिपोर्ट गरेअनुसार ती यन्त्र एसेम्बल गरिएको थिएन ।

 टारान्टोले लाइभस्ट्रिमको क्रममा सामाजिक सञ्जालमा एक व्यक्तिविरुद्ध धम्की दिए, जसले अमेरिकी अधिकारीहरूमा चिन्ता बढाएको थियो । खासमा उनीसँग जनवरी ८, २०२१ मा अमेरिकी क्यापिटलमा भएको आक्रमणमा संलग्नताको लागि वारेन्ट आउट छ । प्रहरी विभागका अनुसार टारेन्टो मुद्दामा उनी हाल फरार ब्यक्ति हुन् ।

अधिकारीहरूले ओबामाको छिमेकीले टारान्टोको उपस्थिति संयोगवश नभएको बताएका थिए । उनी केही महिनादेखि डिसी एरियामा बस्दै आएका थिए । उनी प्रायः डीसी जेल नजिकै आफ्नो भ्यानमा क्याम्पिङ गर्ने गर्थे ।

टिप्पणीहरू