दोहा उड्न लागेका यात्रु कालिमाटीतिर
गए राति कतारको राजधानी दोहा उड्न ठिक्क परेका यात्रुलाई कालिमाटीस्थित होटल सोल्टीमा राखिएको छ । कतार एअरवेजको उडान नम्बर क्युआर ६४७ का २७३ जना यात्रुलाई राति साढे ११ बजे होटलमा लगेर राखिएको हो ।
साँझ ६ बजे दोहा प्रस्थान गर्नुपर्ने कतार एअरवेजको विमानमा प्राविधिक समस्या देखिएपछि पाँँच घण्टासम्म यात्रुलाई विमानस्थलमा कुराइएको थियो । ६ बजेको उडानको निम्ति उनीहरु दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
अघिल्लो महिना पनि कतारको एउटा विमानमा प्राविधिक समस्या देखिएपछि यात्रुहरुलाई राजधानीका विभिन्न होटलमा राखिएको थियो ।
टिप्पणीहरू