कागेश्वरीका स्थानीयले क्यानको कार्यालय घेरे

कागेश्वरीका स्थानीयले क्यानको कार्यालय घेरे

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ का स्थानीयले नेपाल क्रिकेट संघ (क्यान) को कार्यालय घेराउ गरेका छन् । 

क्यानले मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन गर्न लागेको विरोधमा आज बिहान स्थानीयले कार्यालय घेरेका हुन् । उक्त मैदानलाई क्यानका स्वर्गीय पूर्वअध्यक्ष 'जयकुमार साह अन्तर्राष्ट्रिय क्रिकेट मैदान' नामाकरण गर्न क्यानले प्रस्ताव गरेपछि स्थानीयले चर्को विरोध जनाइरहेका छन् । 

स्थानीय उमेश अधिकारी नेतृत्वको टोलीले प्याम्प्लेटसहित क्यानको कार्यालय अगाडिको गेटमा अहिले नाराबाजी गरिरहेको छ । त्यसक्रममा प्रदर्शनकारीहरुले 'क्यानको निर्णय मान्दैनौ', 'चतुर बहादुर चन्द राजीनामा दे', 'नेपाल कृकेट संघ मूर्दावाद', 'कागेश्वरीको पहिचान मास्न पाईंदैन' जस्ता नारा लगाएका छन् ।  

विरोध प्रदर्शनमा झण्डै चार दर्जनको उपस्थिति रहेको छ ।

टिप्पणीहरू