त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कसले चोर्यो दामुको सामान ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कसले चोर्यो दामुको सामान ?

नेपाल वायुसेवा निगमले दक्षिण कोरियाबाट आएका एक जना यात्रुको सामान चोरिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । आफ्नो सामान हराएको र दुई वटा मोबाइलको भन्सार तिर्नुपरेको यात्रुको गुनासोप्रति निगमले विशेष चासो राखेको बताएको छ । 

हिजो साँझ दामु दाइ भन्ने छबिलाल भण्डारीले दक्षिण कोरियाबाट आउँदा आफ्नो २५ प्रतिशत सामान हराएको उल्लेख गर्दै दुई वटा मोबाइलको ४४ हजार भन्सार शुल्क तिरेको दाबी गर्दै सामाजिक सञ्जालमा प्रमाणसहित पोष्ट गरेका थिए । 

यसतर्फ गम्भीर चासो देखाउँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले यात्रुलाई तत्काल न्याय दिन निर्देशन दिएपछि निगमले अनुसन्धान थालेको जनाएको छ  । निगमले भनेको छ, ‘सो क्रममा ब्यागेज हराएकोबारे उनले नियमानुसार ब्यागेज क्लेम डेस्क तथा सम्बन्धित एयरलाइन्ससमक्ष दाबी, रिपोर्ट गरेको पाइएन ।’

अर्कोतर्फ यात्रु स्वयम्ले सामाजिक सञ्जालबाट ब्यागेज भेटिएको जानकारी गराएका छन् । निगमले मोबाइल वापत तिरेको भन्सार रकमबारे उक्त विषय आफ्नो कार्यक्षेत्रअन्तर्गत नपरेको स्पष्ट पारेको छ । सम्पूर्ण यात्रुलाई आफ्नो ब्यागेज प्राप्त नभएको अवस्थामा सम्बन्धित ब्यागेज क्लेम डेस्कमा रिपोर्ट गरिदिन पनि नेपाल वायुसेवा निगमले अनुरोध गरेको छ ।
 

टिप्पणीहरू