रातभर खुलेको नारायणगढ–मुग्लिन सडक फेरि बन्द

रातभर खुलेको नारायणगढ–मुग्लिन सडक फेरि बन्द

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक पुनः बन्द भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ मा रहेको ३ नम्बर पुलमा बिहान खसेको पहिरोपछि यातायात अवरुद्ध भएको छ ।

हिजो साँझ खुलेको सडक बिहान बन्द भएको हो । पहिरोले एउटा ट्रक पल्टाइदिएको छ ।  प्रहरीका अनुसार पहिरो पन्छाउने कार्य भइरहेको छ । बिहीबार साँझदेखि बन्द सडक शुक्रबार केही बेर खुलेपनि शनिबार पुनः पहिरोका कारण अवरुद्ध भएको थियो । 

हिजो साँझ खुलेको सडक आज बिहान दुईतर्फी बन्द भएको हो । पहिरो पन्छाउन समय लाग्ने भएकाले सवारी चालकहरुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।

टिप्पणीहरू