ललिता निवासको जग्गामा घर बनाउन नपाइने, जवर्जस्ती गरे कडा कारवाही
काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको जग्गामा भवन निर्माण गर्न स्वीकृति नदिने भएको छ । आज सूचना प्रकाशित गर्दै महानगरले उक्त क्षेत्रमा भवन निर्माण गर्न रोक्का गरिएको जानकारी दिएको हो ।
‘काठमाडौं महानगरपालिका वडा नं. ४ बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको जग्गामा भवन निर्माण गर्न काठमाडौं महानगरपालिकाले अब स्वीकृति नदिने, निर्माण सम्पन्नताको प्रमाणपत्र जारी नगर्ने र उक्त क्षेत्रको कुनै जग्गामा भवन निर्माण कार्य भइरहेको भए सो कार्य रोक्का राख्न सम्बद्ध सरोकारवालाहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ ।
अटेरी गरेर कसैले उल्लेखित क्षेत्रभित्रका जग्गामा भवन संरचना निर्माण गरेमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ३९ बमोजिम त्यस्तो भवन संरचना भत्काउने र भत्काउँदा लागेको खर्च समेत सम्बद्ध घरधनीबाट असुल उपर गरिने पनि सूचनामा उल्लेख गरेको छ ।
टिप्पणीहरू