सभामुखद्वारा प्रधानमन्त्रीलगायत शीर्ष नेताहरूलाई बोलावट
सभामुख देवराज घिमिरेले नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रका प्रमुखहरुलाई बोलाउनुभएको छ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली सभामुखसँग भेटवार्ता गर्न सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा जाँदै हुनुहुन्छ ।
उहाँहरुलाई बिहान ११ बजे सामूहिक भेटको निम्ति बोलाइएको सभामुखको सचिवालयले जनाएको छ । उहाँले संसदीय समितिका सभापति चयन र संसद बैठकलाई थप प्रभावकारी बनाउने विषयमा नेताहरुसँग छलफल गर्न लाग्नुभएको हो ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङलाई पनि आमन्त्रण गरिएको छ ।
टिप्पणीहरू