बजारमा फेला पर्यो गुणस्तरहीन भारतीय औषधि

बजारमा फेला पर्यो गुणस्तरहीन भारतीय औषधि

भारतीय कम्पनी युरोलाइफ हेल्थकेयर प्रालिले उत्पादन गरेको गुणस्तरही औषधि फेला परेको छ । औषधि व्यवस्था विभागले राष्ट्रिय औषधि प्रयोगशालामा परिक्षणको क्रममा उक्त उक्त कम्पनीले उत्पादन गरेको ब्याच नम्बर सीएसएल ३००३ को ‘आरएल–५०० एमएल’ औषधिमा तोकिएको गुणस्तर नरहेको बताएको छ ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र गण्डकी प्रदेश सरकारद्वारा गुणस्तर परिक्षणका लागि पठाइएको उक्त औषधि परिक्षणको क्रममा गुणस्तरहीन भेटिएको हो । विभागले सो औषधिको बिक्रीवितरणमा रोक लगाउँदै बजारबाट तत्काल फिर्ता गर्न समेत निर्देशन दिएको छ । 

‘आरएल–५०० एमएल औषधि न्यून गुणस्तर पाइएकोले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्री वितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण यस विभागमा पेश गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिहरुका जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ जारी सूचनामा भनिएको छ ।

उक्त औषधिको सिफारिस, बिक्री वितरण तथा प्रयोग समेत नगर्न र नगराउन विभागले अनुरोध गरेको छ ।

टिप्पणीहरू