संसदीय समितिलाई पूर्णता दिने शीर्ष नेताहरुको प्रतिबद्धता

संसदीय समितिलाई पूर्णता दिने शीर्ष नेताहरुको प्रतिबद्धता

प्रमुख तीन दलका शीर्ष नेताहरुले छिट्टै संसदीय समितिको सभापति चयन गर्ने प्रतिबद्धता जनाएका छन् । सभामुख देवराज घिमिरेले आज राख्नुभएको संयुक्त बैठकमा शीर्ष नेताहरुले यस्तो प्रतिबद्धता व्यक्त जनाउनुभएको हो । 

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बोलाएर सभामुख घिमिरले संसदीय समिति सभापति चयन गर्ने विषयमा ध्यानाकर्षण गराउनुभएको थियो । त्यसमा शीर्ष नेताहरुले संसदीय समितिलाई छिट्टै पूर्णता दिलाइने प्रतिबद्धता जनाएको उहाँले जानकारी दिनुभयो ।

‘संसदीय समितिको सभापति चयन तत्कालै गर्ने नेताहरुले प्रतिबद्धता जनाउनुभएको छ । अब हाम्रो ध्यान (बजेट पारित भएकाले) समिति गठनतिरै केन्द्रित भएको छ । छिट्टै नै समितिले नेतृत्व पाउँछ,’ सभामुख घिमिरेले भन्नुभयो ।‘

समितिको नेतृत्व नहुँदा ज्येष्ठ सदस्यबाट बैठक सञ्चालन भइरहेको छ । ज्येष्ठ सदस्यले नेतृत्व गर्दा विधेयकमाथिका छलफलहरु अगाडि बढ्न सकेका छैनन् ।

आजको बैठकमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हुनुहुन्थ्यो ।

टिप्पणीहरू