भ्याटिकनका राजदूत दिल्ली उडे, स्वीट्जरल्याण्डको काठमाडौं आगमन
नेपालका लागि भ्याटिकनसिटीका राजदूत लियापोल्डो गिरेली भारत गएका छन् । उनी आज साँझ हवाई मार्ग हुँदै काठमाडौंबाट नयाँदिल्ली पुगेका हुन् ।
राजदूत गिरेली भिस्तरा एयरको उडानमा साँझ ५ बजे काठमाडौंबाट दिल्ली प्रस्थान गरेका थिए । उनी नयाँ दिल्लीमा आवासीय र नेपालका लागि गैरआवासीय राजदूत हुन् ।
राजदूत हिजो साँझ होटल हिमालय, कोपुण्डोलमा पोप फ्रान्सिस होलीसीको १० औं राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा विशेष अतिथि थिए । उक्त कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव प्रमुख अतिथि हुनुहुन्थ्यो ।
यता, स्वीटजरल्याण्डका कार्यवाहक राजदूत म्याथिस मेर सिमराबाट काठमाडौँ फर्किएका छन् । बुद्ध एयरको उडानमा उनी बेलुकी सवा ६ बजे काठमाडौँ आइपुगेका हुन् ।
टिप्पणीहरू