विदेशी कम्युनिष्ट नेताहरुसँग माधव नेपालको भेटघाट बाक्लो
श्रीलंका भ्रमणमा रहनुभएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल राजनीतिक भेटघाटमा व्यस्त हुनुहुन्छ । उहाँले हिजो कोलम्बोमा भारत र बंगलादेशका कम्युनिष्ट नेताहरुसँग कुराकानी गर्नुभएको बुझिएको छ ।
भारतीय कम्युनिष्ट पार्टी र बंगलादेशी कम्युनिष्ट पार्टीका नेताहरुसँग झण्डै डेढ घण्टा आपसी हित र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको नेता नेपालले जानकारी दिनुभएको छ । त्यसैगरी श्रीलंकन कम्युनिष्ट पार्टीका नेताहरुसँग पनि उहाँले छुट्टाछुट्टै र सामूहिक भेट गर्नुभएको छ । यसक्रममा त्यहाँका पार्टी अध्यक्ष,उपाध्यक्ष, महासचिवलगायतसँग कुराकानी भएको छ ।
अध्यक्ष नेपाल श्रीलंकन कम्युनिष्ट पार्टीको ८० औं स्थापना दिवस तथा दक्षिण एसियाली कम्युनिष्ट पार्टीका नेताहरुको बैठकमा भाग लिन सोमबार दिउँसो काठमाडौंबाट कोलम्बो जानुभएको थियो । सोही सन्दर्भमा हिजै त्यहाँका रास्ट्रपति र प्रधानमन्त्रीसङ्ग समेत उहाँको शिष्टाचार भेट भएको छ ।

टिप्पणीहरू