सीता म्याडमको आज जन्मदिन,छोरीहरुको हिजो बिहानै दुबईबाट आगमन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका दुवै छोरी पाँच दिन विदेश बसेर हिजो स्वदेश फर्केका छन् । माइली तथा भरतपुर महानगरकी मेयर रेनु दाहाल र कान्छी तथा प्रधानमन्त्रीकी स्वकीय सचिव गंगा दाहाल फ्लाई दुबईको उडान नम्बर एफजेड ११३३ मा आएका हुन् ।
उनीहरु आमा सीता दाहालको जन्मदिनको निम्ति हिजै फर्केको बताइएको छ । रेनु र गंगा गत शनिबार दुबई गएका थिए । उनीहरुसँगै गएका गोकुल भण्डारी र रत्न भण्डारी पनि सोही उडानमा हिजो फर्केका छन् ।
टिप्पणीहरू