मध्यरात अमेरिकी राजदूतको नेपाल आगमन
नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन गएराति काठमाडौं आइपुग्नुभएको छ । कतार एअरवेजको उडान नम्बर क्युआर ६४४ मा राजदूत थम्पसन राति साढे १२ बजे दोहाबाट काठमाडौं आइपुग्नुभएको हो ।
उताबाट आएको सोही जहाजमा राति सवा २ बजे (उडान नम्बर क्युआर ६४५ ) अमेरिकी राजदूतावासमा दोश्रो वरियताका सिडिए जासोन पिटर मिक्स दोहा हुँदै अमेरिका गएको बुझिएको छ ।
टिप्पणीहरू