पोखराको बैठकपछि फर्केको भारतीय टोली आजै नयाँ दिल्ली जाने

पोखराको बैठकपछि फर्केको भारतीय टोली आजै नयाँ दिल्ली जाने

भारतीय जलशक्ति मन्त्रालयका सचिव नेतृत्वको टोली काठमाडौं आइपुगेको छ । सचिव पंकज कुमारले नेतृत्व गरेको टोली पोखरामा भएको पञ्चेश्वर विकास प्राधिकरणको गभर्निङ बोर्ड बैठकमा भाग लिएर राजधानी फर्केको छ । 

१३ सदस्यीय टोलीको नेतृत्व गर्दै पोखरा पुगेका सचिवको टोली बुद्ध एअरको उडान नम्बर बीएचए ६०८ मा बिहान साढे ११ बजे काठमाडौं आइपुगेको हो । बैठक हिजो र अस्ति भएको थियो ।
भारतीय प्रतिनिधिमण्डल भिस्तारा एअरको उडानमा आजै अपरान्ह नयाँ दिल्ली फर्कँदै छन् । टोलीमा केन्द्रीय जल आयोगका अध्यक्ष कुशविन्दर भोल्भो, मन्त्रालयका सहसचिव रिचा मिश्र, विदेश मन्त्रालयका निर्देशक अमित शुक्ला, बाढी व्यवस्थापन आयोगका आयुक्त अतुल जैन, मन्त्रालयका सहसचिव सुवोध यादव छन् । 

त्यसैगरी बाढी वरिष्ठ सहआयुक्त राकेश टोटेजा, ऊर्जा मन्त्रालयका सहसचिव महम्मद अफजाल, सल्लाहकार अभिनास मिश्र, उत्तराखण्ड राज्यको सिचाइँ मन्त्रालयका सचिव हरिचन्द्र सेमवाल, गिरिशकुमार अग्रवाल, एच.एस.सेन्गार र समिरकुमार शुक्ला पनि आजै स्वदेश फर्कने कार्यक्रम छ ।

टिप्पणीहरू