भारतीय रोपाइँबारे सिन्ह्वाको चर्चा
चीनको दक्षिणी भूभागलगायत दक्षिण एसिया र दक्षिण पूर्वी एसियाली मुलुकका किसानहरुलाई यतिखेर धान रोपाइँको चटारो छ । भारतको उत्तरपूर्वी आसाम राज्यमा भइरहेको धान रोपाइँबारे चिनियाँ समाचार समिति सिन्हाले फोटो फिचर बनाएको छ ।
सिन्ह्वा लेख्छ, ‘अन्यत्रझैँ नागाओन् जिल्लाका किसानहरु खेतमा धान रोपिरहेका छन् ।’ धान भारतको पनि मुख्य अन्नबाली हो । कुल खाद्यान्न उत्पादनमा धानको योगदान ९६ प्रतिशत रहेको पछिल्लो तथ्याङ्कले देखाएको छ ।
उक्त राज्यमा वर्षको तीन पटक धानबाली लगाइन्छ । हिउँद, शरद र गृष्ममा धान सरोबर उत्पादन हुन्छ । भारत विश्वमा धान उत्पादक राष्ट्रमध्ये दोस्रो र विश्वमा धान तथा चामल निर्यात गर्ते पहिलो मुलुक हो ।
टिप्पणीहरू