अटेरी ठेकेदारलाई सरकारको एक हप्ते पूर्जी

अटेरी ठेकेदारलाई सरकारको एक हप्ते पूर्जी

तोकिएको समयमा निर्माण सम्पन्न नगर्ने करिब दुई दर्जन निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सरकारले सात दिने स्पष्टीकरण सोधेको छ । 

प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रतिबद्धताबमोजिम काम नगरेका २३ निर्माण व्यवसायीलाई सात दिनको समय तोकेर लिखित स्पष्टीकरण दिन भनेको हो । अन्यथा, कालोसूचीमा राख्ने कार्यालयको चेतावनी छ । 

स्पष्टीकरण मागिएका निर्माण कम्पनीमा श्री सिरुवा कन्स्ट्रक्सन प्रालि, श्री खहरेखोला इन्टरप्राइजेज, श्री पुतलीकाठ निर्माण सेवा प्रालि, श्री लामा बुद्ध निर्माण टाठा सामग्री सप्लायर्स प्रिभेट, श्री एक्सन बिल्डर्स प्रालि, श्री नुरी कन्स्ट्रक्सन हुन् । 

त्यस्तै, श्री शिवालय बिल्डर्स, श्री अन्तरा इन्टरनेसनल, श्री तथ्य इन्जिनियरिङ्ग एण्ड इन्फ्राप्रोजेक्ट प्रालि, श्री आरडी सप्लायर्स प्रालि, श्री महेन्द्र निर्माण सेवा, श्री नागार्जुन शंकरमाली जेभी, श्री अञ्जल निर्माण सेवा, श्री अनुस्थान कन्स्ट्रक्सनसँग पनि स्पष्टीकरण मागिएको छ । 

त्यसैगरी, श्री एकेएस कन्स्ट्रक्सन, श्री कश्यप-अरभान जेभी, श्री तिईभू निर्माण सेवा, श्री आइएसजी इन्फरमेशन  सर्भिस गु्रप अमेरिकस आइएनसी, श्री रुपन्देशी बिल्डर्स एण्ड कन्स्ट्रक्सन प्रालि, श्री युद्ध निर्माण सेवा, श्री अरभान कन्स्ट्रक्सन प्रालि र श्री इको भिजिनरी प्रालिलाई पनि कार्यालयले स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो । 

कार्यालयले आज सार्वजनिक गरेको सूचनामा भनिएको छ, ‘उक्त निर्माण व्यवसायीलाई यसअघि पनि लिखित स्पष्टीकरण बुझाउन ३० दिनको समयावधि दिएको तर ३० दिन बित्दासमेत स्पष्टीकरण नबुझाएकाले थप सात दिनको समयावधि दिइएको छ ।’

तोकिएको समयावधिभित्र लिखित स्पष्टीकरण नबुझाए ती निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइने पनि सूचनामा उल्लेख छ ।
 

टिप्पणीहरू