साहित्य सृजना समाजवादी संस्कृति निर्माणमा केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

साहित्य सृजना समाजवादी संस्कृति निर्माणमा केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साहित्य र सिर्जनाले जनताको भावना बोल्न सक्नुपर्ने बताउनुभएको छ ।

आज बिहान पुष्पलाल प्रतिष्ठानद्वारा आयोजित 'पुष्पलाल राष्ट्रिय पुरस्कार २०७९' समर्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले स्रष्टाहरुको सृजना समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको हो । राजनीतिक, इतिहास, साहित्य, संस्कृति र विज्ञानको क्षेत्रमा भएको सिर्जनशीलताले देशको सर्वोपरि विकास, समृद्धि र समुन्नत समाज निर्माणमा मद्दत पुग्ने प्रधानमन्त्री प्रचण्डको विश्वास छ ।

'जनताको निकै ठूलो त्याग र बलिदानबाट निर्मित संविधानले समाजवादोन्मुख राज्य निर्माणको संकल्प गरिसकेका कारण हाम्रा सिर्जनाहरूसमेत समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहनुपर्नेमा सायदै बिमति रहला', प्रधानमन्त्रीले भन्नुभयो, 'समाजवादी संस्कृति निर्माणको कार्यभारलाई केन्द्रमा राख्दै भ्रष्टाचारका विरूद्ध र सुशासनको पक्षमा श्रम संस्कृतिको विकास गर्नसमेत स्रष्टाहरूबाट महत्वपूर्ण योगदान हुने विश्वास राखेको छु ।'

टिप्पणीहरू