१४ मुलुकका विद्यार्थी काठमाडौँमा भेला, युवा सशक्तिकरणबारे छलफल हुने

युवा सशक्तिकरणका लागि खेल्नुपर्ने भूमिकाका विषयमा छलफल गर्न १४ देशका विद्यार्थीहरुको गोष्ठी काठमाडौँमा शुरु भएको छ । 

बैचारिक युवा समाजको आयोजनामा अन्तरक्रियात्मक गोष्ठी लैनचाैरस्थित हाेटल मल्लमा आजबाट शुरु भएको हो । गोष्ठीको उद्धघाटन युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिब्बुले गरेका थिए ।

नेपालस्थित अमेरिकन दूतावासकाे सहकार्यमा आयोजित सो कार्यक्रममा अमेरिकी राजदूत डिनआर थमप्सनलगायतको उपस्थिति थियो ।

नेपाल, भारत, बङ्लादेश, श्रीलंका, पाकिस्तान, काजकिस्तान, मलेसिया, इन्डाेनेशिया, जापान, नेदरल्यान्ड, नर्वाे, पोर्चुगल, जर्मन, इटालीबाट करिब दुईसय विद्यार्थीहरू सहभागी गोष्ठी शुक्रबारसम्म चल्नेछ ।

टिप्पणीहरू