माधव नेपाल भैरहवातिर, चन्द्र ढकाल पनि त्यतै
पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भैरहवा जानुभएको छ । उहाँ आज साँझ हवाईमार्ग हुँदै भैरहवा पुग्नुभएको हो ।
बुद्ध एयरको उडानमा अध्यक्ष नेपाल अपरान्ह पौने ५ बजे काठमाडौँबाट त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । अध्यक्ष नेपालसँगै उहाँका सम्धीसमेत रहेका पूर्वमन्त्री तथा समाजवादीका नेता सोमप्रसाद पाण्डे पनि भैरहवा पुग्नुभएको छ ।
सोही उडानमा नेपाल उधोग वाणिज्य संघका अध्यक्ष चन्द्र ढकाल पनि रहेको बताइएको छ ।
टिप्पणीहरू