बुद्ध एअरको विमान आकाशबाटै काठमाडौं फर्क्यो
5.12K shares

काठमाडौंबाट सिमरातर्फ उडेको बुद्ध एअरको विमान सिमरामा अवतरण हुन नसकेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्केको छ । दिउँसो साढे १२ बजे उडेको बुद्धको उडान नम्बर बीएचए ५५५ नम्बरको विमान खराब मौसमका कारण सिमरामा अवतरण हुन नसकेको बताइएको छ ।
५३ जना यात्रु बोकेको उक्त विमान साढे १ बजे सिमरामाथिको आकाशबाट काठमाडौं फर्केको हो ।
5.12K shares
टिप्पणीहरू