निर्वाचन व्यवस्थापन विधेयकमाथि सिंहदरबारमा छलफल

निर्वाचन व्यवस्थापन विधेयकमाथि सिंहदरबारमा छलफल

प्रस्तावित निर्वाचन व्यवस्थापन विधेयकका सम्बन्धमा संसदीय समितिमा छलफल शुरु भएको छ । 

सिंहदरबारस्थित संसद सचिवालयमा बसेको प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा विधेयकबारे छलफल भएको हो । जेष्ठ सदस्य रोशन कार्कीको सभापतित्वमा बसेको समितिको बैठकमा सांसद र कर्मचारी गरी डेढ दर्जनको उपस्थिति थियो ।   

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सहभागितामूलक र पारदर्शी रूपले सञ्चालन गर्न विद्यमान ७ वटा कानुनलाई एकीकरण र संशोधन गरी छाता कानुन निर्माणका लागि निर्वाचन आयोगले यो विधेयक तर्जुमा गरेको हो । संसदीय समितिमा त्यसैमाथि छलफल भएको बताइएको छ ।

टिप्पणीहरू