भारतीय प्रधानमन्त्री भोलि पेरिसमा प्रमुख अतिथि, फर्कंदा युएई घुम्ने
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फ्रान्सको दुई दिने भ्रमणमा निस्केका छन् । भोलि पेरिसमा आयोजना गर्न लागिएको बास्टिल्ले दिवस समारोहमा उनलाई प्रमुख अतिथि बनाउन लागिएको हो ।
पेरिसमा आयोजना हुने सैनिक परेडसहितको बास्टिल्ले डेमा प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथि बन्न लागेका हुन् । परेडमा भारतीय वायुसेनाका विमानले पनि भाग लिने जनाइएको छ । त्यसको निम्ति आवश्यक विमान यसअघि नै पेरिस पुगिसकेको बताइन्छ ।
फ्रेञ्च राष्ट्रपति इमानुएल म्याक्रोनको निमन्त्रणामा प्रधानमन्त्री मोदीले आज र भोलि त्यहाँको भ्रमण गर्न लागेका हुन । बास्टिल्ले डेलाई फ्रेञ्च क्रान्तिको वार्षिकोत्सवको रुपमा मनाउने गरिएको छ । जुलाई १४ का दिन फ्रान्सको राष्ट्रिय दिवस पनि हो ।
भारतीय प्रधानमन्त्रीले फ्रान्सबाट फर्कंदा संयुक्त अरब इमिरेट्सको एक दिने भ्रमण गर्ने कार्यक्रम पनि तय भएको छ । शनिबार युएईको भ्रमणपछि उनी नयाँ दिल्ली फर्कने छन् ।
टिप्पणीहरू